Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
३९०
संक्रमित
६१,५९३
निको भएका
४३,८२०

चितवनमा ६३ वर्षीया महिलाले जितिन् कोरोना



३० बैशाख, चितवन – कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षीया महिलाको दुईपटकसम्म गरिएको स्वाब परीक्षण नेगेटिभ आएको छ । यससँगै उनी कोरोनामुक्त भएकी छन् । यससँगै चितवनमा कोरोनाका बिरामी रहेका छैनन् ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार पूर्वी चितवनको राप्ती नगरपालिकाकी ती महिलाको नतिजा नेगेटिभ आएको हो ।

यसअघिका पाँचपटकको नतिजामा नियमित पोजेटिभ देखिएकी ती महिलालाई छैटाैँ र सातौँ नतिजा नेगेटिभ आएसँगै भरतपुर अस्पतालले उनलाई बुधबार डिस्चार्ज गर्दैछ । तिवारीका अनुसार दिउँसो उनलाई घर पठाएर अस्पतालमा राखिएको ठाउँमा भाइरस मार्नका लागि औषधि छरिँदैछ ।

चैत ३ गते हङकङ हुँदै काठमाडौँ आएर ५ गते राप्ती नगरपालिका–८ स्थित घर आएकी उनमा वैशाख ३ गते र्यापिड डाइग्नोस्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएको थियो । आमामा शङ्कास्पद देखिएपछि उनी र उनीसँगै आएका दुई छोराको समेत पिसिआर परीक्षण गर्दा वैशाख ५ गते आमा र एक छोरामा कोरोना पुष्टि भएको थियो । उनीसँगै पोजेटिभ देखिएका उनका २७ वर्षीय छोरालाई भने अस्पतालले केही समयअघि नै नेगेटिभ देखिएपछि डिस्चार्ज गरिसकेको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले लगातार दुईपटकसम्म नेगेटिभ आए पनि घरमा केही दिन क्वारेन्टाइनमा बस्न सुझाव दिएर पठाइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्