Logo

नेपालमा एकैदिन ८३ जनामा कोरोना संक्रमण देखियो



Spread the love

३० बैशाख, काठमाडौं । नेपालमा थप २६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

यो संँगै नेपालमा मंगलबार मात्रै ८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने जम्मा संख्या २१७ पुगेको छ । आज काठमाडौंमा पनि एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणबाट थप २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको विज्ञप्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साका २२, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । 

यस्तै महोत्तरीका १६ र ३५ वर्षीय पुरुष तथा धनुषाकी २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। 

यस्तै भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंका ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्