Logo

क्वारेन्टाइनमा बस्नुपर्ने डरले हाम फाले घरको ३ तलाबाट



Spread the love

३१ वैशाख, पोखरा । प्रहरीले समातेर क्वारेन्टाइन लैजाने डरले एक युवक आफु बस्दै आएको घरको तीन तलामाथिबाट हाम फालेर भाग्ने प्रयास गरेका थिए । तर उनी भाग्न भने सफल भएनन् ।

पोखरा महानगरपालिका ८ इन्द्रपुरी टोल बस्दै आएका अभिषेक बस्नेत करिब ३ महिना अगाडि भारतको कर्नाटक गएका थिए । कोरोना संक्रमणले महामारीले उग्र रुप लिँदै गएपछि नेपालसहित भारतले पनि देशमा लकडाउन जारी गर्‍यो । दुवै देशमा लकडाउन जारी भएपछि उनी लुक्दै छिप्दै पोखरा आइपुगेका थिए । उनी भारतबाट लुक्दै छिप्दै आएको खबर थाहा पाएपछि स्थानीयवासी त्रसित भएर वडा कार्यालय तथा प्रहरीमा खबर गरे ।

तर अभिषेक भने घरको तीन तला माथिबाट हाम फालेका थिए। प्रहरीले समातेर क्वारेन्टाइनमा राख्दिने डरले उनले तीन तला माथिबाट हाम फालेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्