Logo

चुरोट पिउनेहरुमा कोरोनाबाट धेरै खतरा



Spread the love

एजेन्सी । अमेरिकास्थित यूनिभर्सिटी अफ क्यालिफोर्नियामा भएको एक अध्ययनले ध्रुमपान गर्ने मानिस र कुनै समयमा ध्रुमपान गरेकाहरुलाई कोरोना भाइरसबाट सामान्य मानिसको तुलनामा धेरै खतरा हुने बताएको छ । शोधकर्ताहरुका अनुसार यस्ता खालका मानिस यस महामारीको कारणले मर्नेको आशंका पनि धेरै पाइएको जनाएका छन् ।

यूसीएसएफ सेन्टर फर टोबाको कन्ट्रोल रिसर्च एण्ड एजुकेसनका प्राफेार स्टेन्टन ग्लान्जले कोरोनाले ध्रुमनपान गर्नेहरुमा जोखिम बढी गराउने बताएका छन् । शोधकर्ताहरुले यस विषयको नतिजामा पुग्न चीन, दक्षिण कोरिया र अमेरिकाबाट आएका १९ रिसर्च पेपरको अध्ययन गररेका थिए । अध्ययन गर्दा ३० प्रतिशत चुरोट पिउने मानिसमा १७.६ प्रतिशत ध्रुमपान नगर्ने मानिसको तुलनामा कोभिडको गम्भीर रुप देखिएको छ ।

शोधकर्ताका अनुसार सामान्य रुपमा ध्रुमपान र इलेक्ट्रिक चुरोटको सेवनले साससँग जोडिएका संक्रमण बढाउँदछ । तर यसले कोरोना भाइरसमा कुन तरिकाको प्रभाव हुन्छ, अध्ययन हुन बाँकी नै छ । शोतकर्ताका अनुसार ध्रुमपान गर्नेहरुको मृत्युदर र संक्रमित हुनेहरुको संख्या नगर्नेहरुको तुलनामा बढी थियो ।

प्रतिक्रिया दिनुहोस्