Logo

‘शेरबहादुर’को आइटम गीतमा मेनुकाको डान्स



Spread the love

चलचित्र ‘शेरबहादुर’को पहिलो गीत सार्वजनिक भएको छ ।  ‘कान्छी मट्याङ ट्याङ’ बोलको गीत मङ्गलवार काठमाडौँमा आयोजना भएको एक कार्यक्रम बिच सार्वजनिक भएको हो । डान्सिङ नम्बरमा रहेको गीतमा चलचित्रका मुख्य कलाकार मेनका प्रधान, कर्मा, रविन्द्र झा फिचरिङ छन् । सार्वजनिक गीतमा कोसिस क्षेत्रीको शब्द सङ्गीत र स्वर रहेको छ भने यस गीतमा मिना निरौलाले कोसिसलाई गीतमा साथ दिएकी छिन् ।यो फिल्मले एक अवकास प्राप्त आर्मीको कथालाई उठान गरेको छ ।फिल्मको शिर्ष भूमिकामा दर्शकले अभिनेता सुनिल थापालाई देख्न सक्नेछन् । यो फिल्मलाई आर राजवंशीले निर्देशन गरेका हुन्। धिराज प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा गौरीशंकर धुजु र धिराज राजवंशीको लगानी छ ।चलचित्र माघ १९ गतेबाट  रिलिज हुने तयारीमा रहेको छ ।

 हेर्नुहोस् भिडियो: 

https://youtu.be/1hdduPEDBg4

 

प्रतिक्रिया दिनुहोस्