Logo

भारतले खनेको बाटो भारतलाई नै भाडामा दिन सकिन्छः प्रधानमन्त्री ओली



Spread the love

काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पक्षले खनेको बाटो भाडामा दिन सकिने बताएका छन् ।

बुधबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले लिपुलेकमा भारतले खनेको बाटो भारतलाई नै भाडामा दिन सकिने तर नेपालको भूभाग छोड्न नसकिने बताएका हुन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिएको जानकारी अनुसार बुधबारको बैठकमा ओलीले भारतसँग कुटनीतिक तवरले नै कालापानी, लिपुलेक, लिम्पियाधुराको विषय टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए ।

सांसद् सुवालले भारतले एकतर्फी सडक खनेको विषयलाई अन्तर्राष्ट्रिय अदालतमा लैजान भन्दा ओलीले कुटनीतिक तबरले वार्ता सुझाउनुपर्नेमा जोड दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्