Logo

सामाजिक संजालमा नीति शाहको चर्को आलोचना, आखिर आलोचित हुनुको कारण के हो ? (भिडियो)



Spread the love

‘मिस नेपाल इन्टरनेशनल २०१७’को उपाधि जितेकी मोडल नीती शाहको अहिले निकै आलोचना भइरहेको छ । ‘मिस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्दै नीती जापान पुगेकी हुन् । नीतीले अन्तरराष्ट्रिय प्लेटर्फममा नेपालबाट प्रतिनिधित्व गरेकी हुन् । उनिबाट नेपालले पनि ठूलै आशा गरेको थियो ।

मोडलिङमा आफ्नो छुट्टै पहिचान बनाएकी नीति शाहको सामाजिक सञ्जालमा राम्रो फ्यान फलोइङ रहेको छ  । यति बेला उही नीतिलाई अग्रेजी बोल्न नजानेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना गरिएको छ । अन्तरराष्ट्रिय प्लेटर्फममा  प्रतिनिधित्व गर्ने सुन्दरीले आफ्नो देशको बारेमा राम्रो संदेश दिनु आवश्यक हुन्छ।

तर, नेपालको प्रतिनिधित्व गर्दै अन्तरराष्ट्रिय प्लेटर्फममा पुगेकी नीतीले ‘मिस इन्टरनेशनल’को एउटा कार्यक्रममा बोलेको कुराले राम्रा भन्दा पनि नराम्रा प्रतिक्रिया धेरै आएको छ । आखिर, उनि आलोचित हुनुको कारण के हो ?

जापानमा आयोजित ‘मिस इन्टरनेशनल’को एक कार्यक्रममा नीतीले नेपाली महिलाको बारेमा दिएको बयानका कारण सामाजिक संजालमा यो कुरा अहिले सर्वाधिक विवादित बनिरहेको छ । उनले नेपाल विकासोन्मुख राष्ट्र भएको र शिक्षाले सामाजिक बिकासमा लिनु पर्ने गति लिन नसकेको स्थितिमा नेपालको महिला शिक्षाको बारेमा आफ्नो मन्तब्य राखेकी थिइन् ।

उनले भनेकी छिन्-‘म नेपालबाट आएकी हुँ, जुन एकदमै विकासशील देश हो । हामी शिक्षाको आधारभुत अधिकारमा एकदमै पछाडि छौं । एकदमै दुःख लाग्दो कुरा के छ भने, हाम्रो देशमा दुई वर्गका महिला छन् । पहिलो वर्गमा शिक्षित महिला पर्छन्, जो शहरी क्षेत्रमा बस्छन् । अर्को वर्गमा ग्रामीण महिलाहरू छन्, जसलाई स्वास्थ्य, सरसफाइ तथा उनीहरूका आफ्नै क्षमता अनि उपलब्धिका सम्भावनाबारे केही थाहा छैन । म शहरी महिलाभित्र पर्छु जसले एउटा धेरै राम्रो स्कुलमा पढेपछि राम्रो उच्च शिक्षा पनि पाएँ । तर मेरो देशमा त्यस्ता धेेरै महिला छन् जो ‘वेेश्या’का रूपमा विभिन्न देशमा बेचिन्छन् । ग्रामीण महिलाहरूलाई आफू कहाँ के गर्न जाँदै छु भन्ने थाहा नै हुँदैन । मेरो देशका प्रायः महिलाहरूसँग दुई वटा विकल्प छन्ः कि त व्यावसायिक प्रगति छान्नुपर्छ कि व्यक्तिगत र पारिवारिक चाहना ।’

नीतिले नेपालमा दुई किसिमका महिला हुन्छन् भनेपछि उनको अहिले सामाजिक संजालमा एकदमै बिरोध भईरहेको छ । धेरैले उनलाई ‘रुपको मात्र धनी भएर के गर्नु कहाँ के बोल्नुपर्छ भन्ने कुराको ज्ञान नभएपछि’ समेत भनेका छन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/KcZpSCawya8

प्रतिक्रिया दिनुहोस्