Logo

कोरोना कहरमा काँग्रेसलाई भने एमसिसी पारित गर्नैको चटारो



Spread the love
फाइल तस्विर

१ जेठ, काठमाडौँ । देशलाई कोरोना र कालापानीको चिन्ताले सताइरहेको बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई भने एमसिसी पारित गर्नैको चटारो छ। बुधबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले बोलाएका सर्वदलीय बैठकमा प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसिसी) पारित गर्नुपर्ने धारणा ब्यक्त गरेका थिए।

नेपाली भूमि प्रयोग गरेर भारतले चीनको तिब्बत जोड्ने बाटो खोलेको विषयमा छलफल गर्नका लागि बोलाएको उक्त बैठकमा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि रहेको भन्दै देउवाले कूटनीतिक पहल गरी यी भूमि फिर्ता गराउनुपर्ने बताए। साथै आफ्नो सरकारले गरेको एमसिसी पास गर्नुपर्ने बताएका थिए ।

नेकपामै हतार नगरिएको र विवादित एससिसीको विषयमा प्रतिपक्षी कांग्रेसले भने हरेक निर्णयमा यसलाई हुबहु पारित गर्नुपर्ने अडान लिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्