Logo

नवीन खड्का र सुर्यकुमारी पुनको स्वरमा कौडा गित ‘भोट हालौ है’



Spread the love

निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरू चुनावी प्रचारमा जुटेका छन् । विभिन्न माध्यमको प्रयोग गर्दै दलहरू चुनावी प्रचारमा होमिएका छन् । त्यसमध्येको एक हो सांगीतिक पक्ष । दलहरूले कलाकारहरूमार्फत गीतबाट चुनावी प्रचार गरिरहेका छन् । दलहरूले राष्ट्रिय कलाकारदेखि पार्टीमा सक्रिय कलाकारहरूलाई चुनाव प्रचारको माध्यम बनाएका छन् । जनयुद्धको पहिलो जनसरकार प्रमुख पुर्णबहादुर घर्ती र पुर्ब डिभिजन कमान्डर तेजबहादुर ओलीलाई अत्यधिक बहुमतले बिजयी गराउन सयुक्त वामगठबन्धन पुर्बी रुकुमले समृद्ध पुर्बी रुकुमको परिकल्पना सहितको गीत बजारमा सार्बजनिक गरेको छ ।उक्त गीतमा चर्चित माओवादी गायक नवीन खड्का र सुर्यकुमारी पुनले स्वर दिएका छन् भने आम श्रोतामाझ चर्चित सर्जक किरण बाबु पुनले संगीत भरेका छन्। यसको रचना भने माओवादी केन्द्रका युवा नेता तथा वाइसीएल नेपालका महासचिव सुवोधराज सेर्पालीको रहेको छ । यो भिडियोको सम्पादन दिपक विष्टले गरेका छन् ।अक्सिजन मिडिया प्रा.लिको पोस्ट प्रड्क्सनमा यस गित बजारमा सार्बजनिक गरिएको हो ।गितले दैशैभर माओवादीको पक्षमा युवाहरुलाई एकता बद्ध बनाउने बिश्वास गरिएको छ ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/vTIoo7eLeFE

प्रतिक्रिया दिनुहोस्