Logo

अब काठमाडौंबाट ललितपुर वा भक्तपुर जान नमिल्ने



Spread the love

१ जेठ, काठमाडाैँ – नेपालमा कोरोना संक्रमणको जोखिम तथा संक्रमितको संख्या बढेसँगै सरकारले लकडाउन कडाइ गरेको छ ।

लकडाउनमा कडाइ गरेसँगै गृह मन्त्रालयले काठमाडाैँ उपत्यकाभित्रै पनि एक जिल्लाबाट अर्को जिल्ला आवतजावतमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

गृह मन्त्रालयका उपसचिव सूचना अधिकारी उमाकान्त अधिकारीले बताए अनुसार एक जिल्लाबाट अर्को जिल्ला आवागमनको पास आजदेखि खारेज गरिदिएको छ ।

अब देशभरका ७७ वटै जिल्लाबाट जारी भएका अन्तरजिल्ला पासहरू खारेज भएका छन् ।

सबैखाले पास खारेज भएसँगै अब काठमाडाैँ, भक्तपुर र ललितपुरका समेत आवागमनमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्धले अत्यावश्यक सामग्रीको ढुवानी तथा वितरणमा समस्या नहुने समेत अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्