Logo

काठमाडाैँका गल्लिमा निस्किए पनि पक्राउ गरिने



Spread the love

२ जेठ, काठमाडाैँ – कोरोना रोकथामका लागि सरकारले जारी गरेको लकडाउनमा अझै कडाइ गरिने भएको छ ।

देशभर संक्रमितको संख्या बढेुसँगै लकडाउन कडा पारिने समाचार आइरहेका बेला जिल्ला प्रशासन कार्यालयले पनि काठमाडाैँ भरी लकडाउनमा अझै कडाइ गरिने जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार सुचना जारी गर्दै लकडाउनको समयमा विभिन्न बहानमा गल्लीमा निस्किएको पाइएमा समेत पक्राउ गर्न सकिने बताएको छ ।

अहिलेसम्म जारी भएका सबै पास खारेज भएको र अबदेखि सिमित संख्यामा नयाँ पास जारी हुने समेत कार्यालयले शुक्रबार जारी गरेको सुचनामा प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्