Logo

रहेनन् नेपालकै होचा कलाकार दिपेन शाह



Spread the love

नेपालकै होचा कलाकार दिपेन शाहको निधन भएको छ । उनको बिहिबार बिहान निधन भएको हो । केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज बिहान ७ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको हो । उनका दुवै मृगौला फेल भएर मुटुमा पनि असर पुगेको बताइएको छ ।२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका उनले ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ लगायतका हाँस्य टेलीफिल्ममा काम गरेका थिए ।

३१ इन्च मात्र अग्ला रहेका शाहले ‘सारथी’ नामक चलचित्रबाट अभिनयको यात्रा शुरु गरेका हुन् । उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए ।

प्रतिक्रिया दिनुहोस्