Logo

जून १ बाट केही विद्यालय सुरू गर्ने तयारी



Spread the love

लण्डन – इङ्ल्यान्डमा जून १ बाट केही विद्यालय खोल्ने तयारी गरिएको छ ।

शिक्षामन्त्री ग्याभिन विलियमसनले सांसदहरूलाई यो हप्ता स्कूल खोल्नु ‘जिम्मेवार’ कदम हो भन्दै सुरक्षाबारे ‘त्रास फैलाउने’ कुरा अस्वीकार्य भएको बताएको बीबीसीले जनाएको छ । उनले भने, “विद्यार्थीहरूका लागि शिक्षा लिन र सिक्नका लागि सबभन्दा उचित स्थल विद्यालय नै हो ।”

तर शिक्षकहरूको सङ्गठनको समूहले अहिले नै विद्यालय खोल्नु सुरक्षित नहुने भन्दै संस्थाको निर्णयको आलोचना गरेका छन् ।

विद्यालय खोलेपछि कक्षामा विद्यार्थीको आकार सानो राख्ने र कक्षालाई सञ्चालन गर्ने योजना ल्याइएको ओएसिस एकेडेमी ट्रष्ट नामको संस्थाका संस्थापक स्टीभ चाल्कले बताए ।

उनीहरूका धेरैजसो विद्यार्थीहरूको ‘बस्ने घर साँघुरो छ र उनीहरूको डिजिटल पहुँच थोरै मात्र छ’ । त्यसैले उनीहरूलाई विद्यालयमा बोलाएर पढाउनुपर्ने उहाँको तर्क छ ।

चाल्कले भने, “इङ्ल्यान्डको रहेको आफ्नो एउटा ठूलो शैक्षिक संस्थाले आगामी जून महिनाको १ तारिखदेखि ३५ वटा प्राथमिक विद्यालय खोल्ने तयारी गरेको छ ।”

विद्यालय सञ्चालन तयारीबारे चाल्कले भने, “विद्यालयलाई लामो समय बन्द गरिनु हुँदैन । पुनः खोल्ने कामको विरोध गर्नेहरू ‘मध्यम वर्गका मानिसहरू’ भएको र यसको प्रभाव आफ्नो संस्थालाई नपर्ने बताए ।” चाल्कले सङ्गठनको सुझाव ‘एकतर्फी’ भन्दै सुविधाबाट वञ्चित विद्यार्थीहरू विद्यालय आउन नपाउँदा उनीहरूलाई हुने हानी सङ्गठनले महसुस गर्न नसकेको बताएका दावी गरे ।

चाल्कका विद्यालयमा ४५ प्रतिशत विद्यार्थीले विद्यालयमा नै निशुल्क खान खुवाउने व्यवस्था रहेको छ ।

चाल्कले भने, “हाम्रा धेरै बच्चाहरू काउन्सिल परिसरमा थुनिएका जस्ता भएका छन् । उनीहरूले सफा हावा पाएका छैनन, शारीरिक कसरत गर्न पाएका छैनन् । कतिले पोसिलो खाना अति कम खान पाएका छन् वा कतिले त खानै पाएका छैनन् ।”

उत्तरी आएरल्याण्ड, स्कटल्यान्डमा र वेल्समा भने तत्काल विद्यालय खोल्ने सम्भावना नरहेको बताइएको छ ।

शिक्षकहरूको सङ्गठन (एनएएसयूडब्ल्यूटी) ले भने तत्काल स्कूल खोल्ने काम सुरक्षित र व्यवहारिक नभएको बताएको छ । एनएएसयूडब्ल्यूटीका महासचिव प्याट्रिक रोचले भने, “सबभन्दा पहिले शिक्षक र विद्यार्थीको स्वास्थ्य र सुरक्षा सबैभन्दा महत्वपूर्ण कुरा हो ।”

“हामीले विद्यालय जान सुरक्षित छ भन्ने भएपछि मात्र खोलौँ भन्ने सुझाब दिएका छौँ,” उनले भने । सरकारलाई १ जुनबाट स्कूल खोल्ने कामबाट पछि हट्न आग्रह गर्दै संयुक्त विज्ञप्ति जारी गरेको नौ संस्था मध्ये एनएएसयूडब्ल्यूटी एक हो । यसै सन्दर्भमा शिक्षकहरूको सङ्गठनका नेताहरूले वैज्ञानिकहरूलाई पनि भेट्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्