Logo

राजानन्द माण्डव्यकाे स्वाभिमानको गीत : “सीमाना” सार्वजनिक



Spread the love

काठमाडाैं । पछिल्लो समयमा नेपालको सिमा विवादले चर्को रुप लिएको छ। भारतले लिम्पियाधुरामा मोटर बाटो खनेपछि नेपालमा ठुलो स्वाभिमानको धक्का लागेको छ। नेपालले चाहेर पनि आफ्नो सिमाना बचाउन सकिरहेको छैन ।

सरकारको कुटनैतिक पहल नहुनु र छिमेकि मुलुकले निरन्तर नेपाली भूमिमा आफ्नो स्वामित्व स्थापना गर्न खोज्नुले नेपाली स्वाभिमानलाई धक्का दिन खोजेको प्रष्ट देख्न सकिन्छ।

नेपालको सीमा बचाउन सबैलाई अनुरोध गर्दै राजानन्द माण्डव्यकाे शब्द तथा रचना र गायक तिलक बस्नेतको स्वरमा राष्ट्रभक्तिले भरिपूर्ण “सिमाना” गीत जेठ ३ गते सार्वजनिक गरिएको छ ।

नेपालको सीमाना तथा भूभाग ब्रीटिस साम्राज्यदेखि नै मिचिएको देख्न र सुन्न सकिन्छ।सन् १८१६को सुगौली सन्धिदेखि नै नेपालि भूमिको र सीमाको विवाद साम्य हुन सकेको छैन।नेपालले चाहेर पनि आफ्नो सीमा आफ्नो भन्दै सिमानामा बार तथा पर्खाल लगाउने साहस गर्न सकेको छैन। नेपालको भारततर्फ सबै जसो जिल्लाका सिमा भारतले मिचेको देखिन्छ र सुनिन्छ पनि।

नेपालको सिमाना पूर्वमा टिस्टा नदिदेखि सिक्किम, दार्जिलिङ्ग हुदै पश्चिममा लिम्पियाधुरा, कुमाउ, गडवालसम्म थियो भन्ने इतिहासमा पढ्न पाइन्छ ।

त्यसै भूमिको स्मरण गर्दै यो गीतले स्वाभिमान जगाउने प्रयास गरेको छ।यो गीतले कोही वीर सपुत जन्मियोस जस्ले सीमामा पर्खाल लगाएर आफ्नो देश सीमा बचाउन सकोस् भन्ने कामना गरिएको छ। 

विगत ८ बर्ष देखि नेपालको राष्ट्रिय पोशाक र झण्डाको संरक्षणमा अभियान गर्दै आएका सम्पुर्ण अभियन्ताहरुको सम्मान स्वरुप यो गीत तयार गरिएको हो। हामीलाई पूर्ण विश्वास छ कि राष्ट्र निर्माणमा सम्पूर्ण देशप्रेमी नागरिकले यो गीतलाई न्याय गर्नुहुनेछ।

प्रतिक्रिया दिनुहोस्