Logo

हसिया हथौडाको झन्डा लिएर गाईजात्रा नदेखाउनुहोस् : मन्त्री बस्नेत



Spread the love

बिनाबिभागिय मन्त्री तथा नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्य साथै सल्यान जिल्लामा बाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार टेक बहादुर बस्नेतले हसिया हतौडाको झन्डा लिएर गाईजात्रा नदेखाउन माओवादी केन्द्रका बागी उम्मेदवारलाई आग्रह गरेका छन् ।

उनले बागी उम्मेदवारलाई सल्यानी जनतासँग हसिया हथौडाको झन्डा बोकेर अन्य चुनाव चिन्हमा भोट माग्ने नैतिक आधार र अधिकार नभएको दाबी गर्दै भने, ‘उहाँ अहिले कुन नैतिकताको आधारमा हसिया हतौडाको झन्डा बोकी अन्य चुनाव चिन्हमा भोट माग्दै हुनुहुन्छ ? झुठको खेती गरेर सल्यानीसँग भोट माग्ने नैतिक आधार कसले दियो ?’ भन्दै बागी उम्मेदवारलाई प्रश्न गरेका थिए ।

निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारले राजनीतिक दलको झन्डा प्रयोग गर्न नपाइने र प्रयोग गरको पाइएमा कारबाही गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्