Logo

भारत र चीनसँग संवाद नगरी नेपालको नक्सा निकाल्नु आपत्तिजनक : सांसद गिरी



Spread the love

५ जेठ, काठमाडाैँ – जनता समाजवादी पार्टीकी नेतृ एवम्‌ सांसद सरिता गिरीले देशको नयाँ नक्सा सार्वजनिक गर्ने विषयमा दुखेसो पुखेकी छन् । उनले संसद्मा बोल्दै नेपालले नक्सा सार्वजनिक गर्दा भारत तथा चीनसँग छलफल नगर्नु गलत भएको बताएकी छन् ।

सांसद् गिरीले भनिन् ‘सरकारले भारत र चीनसँग संवाद नै नगरी जुन ढंगले नयाँ नक्सा निकाल्ने कुरा गरेको छ, यसले हाम्रो विदेश नीतिको क्षमतामाथि प्रश्न उठाएको छ। एकातर्फ लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्ने भनिएको छ, अर्कातर्फ परराष्ट्रमन्त्रीले यसो गर्न संविधान नै बाधक रहेको बताएका छन् ।

यसैगरी उनले सरकारले नीति तथा कार्यक्रममा वर्तमान अवस्थालाई कसरी सहज बनाउने भन्ने बारे समेट्न नसकेको समेत बताएकी छन् । स्वास्थ्य सामग्री खरीद प्रक्रियामा सेनालाई समेट्दै सरकारले सेनाका मार्फत भ्रष्टाचार सुरू गरेको समेत बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्