Logo

बच्चा बेलाको घटना सम्झिँदै कोहलीले भने, ‘मेरो झण्डै ज्यान गएको थियो’



Spread the love


एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले आफ्नो जीवनसँग जोडिएको एक डरलाग्दो घटनालाई खुलासा गरेका छन् । कोहलीका अनुसार उक्त घटनामा उनको ज्यान जान सक्थ्यो तर उनका साथीले उनलाई बचाए ।

भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीको साथमा इन्स्टाग्राममा लाइभ आएका कोहलीले बच्चा बेलामा चंगा उडाउने क्रममा आफू छतबाट खस्न लागेको बेलामा साथीले बचाएको बताएका छन् ।

कोहलीले लाइभमा बोल्दै भने, “बच्चा बेलामा हामी सबै साथीहरु मिलेर घरको छतमा चंगा उडाउँदथ्यौँ । त्यो समय अगस्ट १५ को थियो । चंगा उडाउने क्रममा साथीहरुले मलाइ चंगा लुट्नको लागि आग्रह गरे । यसै क्रममा म छतबाट खसिसकेको थिएँ तर मेरो साथीले मलाइ बचाए । नत्र म छतबाट तल खस्थेँ ।”

विराटले राज्य टिममा विराटको छनोटको लागि बुवासँग घुस मागेको पनि खुलासा गरेका छन् ।

“एकचोटि प्रदेश टिममा छनोट गर्नको लागि हाम्रो घरमा एकजनाले घुस माग्न खोजिरहेका थिए । यद्यपि म पहिला नै छनोट भइसकेका थिएँ ।” कोहलीले खुलासा गरे ।

प्रतिक्रिया दिनुहोस्