Logo

सुरेश रैनाले शाहिद अफ्रिदीको बयानलाई जवाफ दिंदै भने, “पाकिस्तान भिखारी देश ”



Spread the love

एजेन्सी । पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीको बयानलाई लिएर भारतीय क्रिकेटर सुरेश रैनाले मुखभरीको जवाफ दिएका छन् । आइतबार अफ्रिदीले भारत र प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा विवादास्पद भाषण दिएका थिए ।

सुरेश रैनाले ट्वीट गर्दै भनेका छन्, “हे भगवान् ! मानिसलाई प्रासंगिक बन्नको लागि के गर्नु पर्दछ ? एउटा यस्तो देशलाई के गर्नु पर्दछ जो भिखमा बाँचिरहेको छ ? त्यसैले एक असफल देशको लागि केही राम्रो गर्यौँ र कश्मीर छाडौँ । म कश्मीरमा गर्व गर्छु र कश्मिर सधैं भारतको नै हुनेछ । जय हिन्दुस्तान ! ”

राहत दिन गएका शाहिद अफ्रिदीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई कश्मिरी जनतालाई धर्मको नाममा तड्पाएको आरोप लगाएका थिए । अफ्रिदीले जम्मु कश्मिरमा जति पाकिस्तानी सेना तैनाथ छन् उति नै भारतले पनि राखेको बताएका थिए । बयानको क्रममा अफ्रिदीले भारतीय कश्मिरका मानिसले पाकिस्तानी सेनाको समर्थन गर्ने पनि भनेका थिए ।

शाहिदको बयानमा युवराज सिंह, गौतम गम्भिर, हरभजन सिंह, गौतम गम्भिर र शिखर धवनले पनि आफ्ना–आफ्ना मत राखेका छन् ।

युवराजले एक भारतीय हुनाको नाताले आफ्नो देश विरुद्ध यस्तो सुन्न नसक्ने र भविष्यमा कहिल्यै पनि शाहिदको साथ नदिने ट्वीटमार्फत् जनाएका छन् । युवराजको यस कुरालाई हरभजन सिंहले पनि दोहोर्याएका छन् । युवराज सिंह र हरभजन सिंहले केही समय पहिला शाहिद अफ्रिदीको फाउण्डेसनमा दान गर्नको लागि अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्