Logo

चलचित्र ‘लुट २’ युट्युबमा सार्वजनिक (पुरा फिल्म सहित)



Spread the love
गत वर्ष मात्र प्रदर्शनमा आएको चर्चित चलचित्र ‘लुट’ को सिक्वल चलचित्र ‘लुट २’ शुक्रबार युट्युबमा सार्वजनिक भएको छ । केहि दिन अघि मात्र पाइरेसीको चपेटमा परेको उक्त चलचित्र शुक्रबार साझ युट्युबमा सार्वजनिक गरेको हो ।विदेश प्रदर्शन पाइरेसीका कारण चौपट भएपछि फिल्मलाई डिजिटल तथा अन्तर्राष्ट्रिय प्रदर्शनको अधिकार प्राप्त संस्था हाइलाइट्स नेपालले आफ्नो युट्युब च्यानलमार्फत शुक्रवार साँझ ‘लुट २’ रिलिज गरेको हो ।

निर्देशक निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र सामाजिक सञ्जाल फेसबुकमा ‘वाच भिडियो अनलाइन’ नामक पेजमा अपलोड गरिएको थियो । निश्चल बस्नेतले निर्देशन गर्ने यो फिल्ममा सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । निर्माता माधव वाग्ले र निश्चल बस्नेत निर्देशक रहेको लुट २ फागुन १३ गते रिलिज भएको थियो ।

 हेर्नुहोस् पूरै फिल्म:

https://youtu.be/7uVU6QAvgG8

प्रतिक्रिया दिनुहोस्