Logo

नाम झै ‘भाईरल भैदियो’, पुग्यो युट्युब ट्रेन्डिङको पहिलो स्थानमा (भिडियो सहित)



Spread the love

केही समय अगाडि कभर भिडियो बनाएर युट्युबबाट चर्चामा आएका ‘कार्टुन क्रु’ का मेम्बर सबिन कार्कीको कन्सेप्टमा एक नया म्युजिक भिडियो सार्बजनिक भएको छ । ‘भाईरल भैदियौ’ बोलको उक्त भिडियोमा सबिन बाहेक कार्टुन क्रीउका अन्य कुनै मेम्बरलाई भने देख्न सकिँदैन । गीतको बोल अनुसार नै भिडियो सार्बजनिक भएको केहि घण्टामै युट्युबमा भाईरल भैसकेको छ ।मानस राजको स्वर तथा कम्पोज रहेको गीतलाई उनैले लेखेका हुन् भने संगीत संयोजन उदयराज पौडेलले गरेका छन । सार्बजनिक गीतको भिडियोमा निकै रमाईलो शैलिमा निर्माण गरिएको छ । भिडियोमा देखिने बाल कलाकार दीक्षा ठकुरीको नृत्य र उनको हाउभाउले भिडियो हेर्दा झनै रमाईलो लाग्छ । सार्बजनिक भिडियोमा बाल नृत्यकार दीक्षा ठकुरी र सबिन संगै म्यारी खत्री, सब्रीना गुरुङ, सुभम भुजेल, शंकर ढुंगाना, छिरिङ थेङ मज्जाले नाचेका छन । बिट्स प्रोडक्सनबाट सार्बजनिक भिडियोलाई संजय कार्किले खिचेका हुन ।यो समाचार तयार पार्दा सम्म भिडियोलाई १७ लाख  भन्दा बढी पटक हेरिएको छ भने  अहिले युट्युब नेपाल ट्रेन्डिङको पहिलो स्थान ओगट्न सफल भएको छ ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/NDKkuOuRwJw

प्रतिक्रिया दिनुहोस्