Logo

बलिउड नायक सलमान खान नेपाल आउँदै



Spread the love

बलिउडका सुल्तान सलमान खान नेपाल अाउने भएका छन् । अाेडीसि इन्टरटेनमेन्टले फागुन २६ गते टुडिखेलमा आयोजना गर्न  लागेको ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ का लागि काठमाडौँ आउन लागेका हुन । ७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गर्ने ओडीसी इन्टरटेनमेन्टले सलमानलाई ल्याउन लागेको हो ।फागुन २६ गते शनिबार टुडिखेलमा हुने ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा उनी सहभागि हुने ओडीसीका प्रवन्ध निर्देशक तथा पर्यटन व्यवसायि सिमान्त गुरूङले जानकारी दिए । ओडीसी इभेन्ट आयोजना गर्ने नेपाली कम्पनी हो ।सलमानसहितका कलाकारलाई दिनुपर्ने पारश्रमिक भुक्तानीका लागि विहीबार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमती माग्दै निवेदन दिएको छ ।सलमानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायत आउनेछन् । सलमानका भाई सोहिल खानले कन्सर्ट हुने स्थान, बस्ने होटल, सुरक्षा लगायतका विषयबारे काठमाडौंमा बुझेर फर्कनेछन् । कन्सर्टमा २५ हजार उपस्थित हुने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्