Logo

काठमाडौं उपत्यका कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा



Spread the love

काठमाडौँ। धुलिखेल अस्पतालमा २९ वर्षीया महिलाले कोरोना संक्रमणका कारण ज्यान गुमाएसँगै काठमाडौं उच्च जोखिममा रहेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । ज्यान गुमाएकी ती महिलालाई तीनदेखि ६ हप्ता अगाडि नै कोरोना संक्रमण भएको हुन सक्ने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे बताउँछन् ।

‘कोरोनाभाइरस अर्थात् कोभिड–१९को संक्रमण भएको १० दिनमै मृत्यु हुँदैन,’ उनले भने । टोखामा हुँदै ती महिलामा कोरोना संक्रमण भएको हुन सक्ने उनको आँकलन छ ।

तराई क्षेत्रपछि काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा रहेको जनस्वास्थ्यविद्हरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्