Logo

नेपालमा कोरोना संक्रमितको सङ्ख्या ४ सय कट्यो, दिन प्रतिदिन झन् जोखिम



Spread the love

६ जेठ, काठमाडौं ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता याता नेपालमा संक्रमण निकै देखिएको छ ।

 थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको सँगै कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको छ।नेपालमा अहिलेसम्म ३५ जिल्लामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। काठमाडौंमा ३, भक्तपुर र ललितपुरमा १/१ जना कोरोना संक्रमित भेटिएका छन्।

त्यस्तै झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्