Logo

प्रिमियर लिगलाई झट्का : खेलाडी सहित ६ जनामा कोरोना संक्रमण



Spread the love

६ जेठ, एजेन्सी – प्रिमियर लिगले सुरूवाति २ दिनमा गरिएका परीक्षणमा छ जना खेलाडी सहित स्टाफलाई कोरोना भाइरस पोजेटिभ देखिएको बताएको छ ।

लिगले आइतवार र सोमबार गरी ७ सय ४८ परीक्षण गर्दा ३ क्लबका ६ जनमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको छ । कुन क्लबका खेलाडी तथा स्टापलाई कोरोना संक्रमण भएको भन्नेबारेमा जानकारी दिइएको छैन ।

जुन महिनादेखि प्रिमियर लिग सुरू गर्ने तयारीमा रहेको र सोही अनुसार कोरोना परीक्षण गर्दा ६ जनामा पोजेटिभ पाइएको छ । लिगका प्रायः क्लबहरू मंगलबारबाट प्रशिक्षणमा फर्किसकेका छन् ।

प्रिमियर लिगले १७ र १८ मेमा गरिएका ७ सय ४८ परीक्षण मध्ये ६ वटा नमूनामा पोजेटिभ पाइएको विज्ञप्ती जारी गर्दै बताएको छ ।

कुनै क्लब र व्यक्ति विशेषका विवरणहरू भने नियम बमोजिम सार्वजनिक नगर्ने बताएइको छ ।

प्रतिक्रिया दिनुहोस्