Logo

पतिको हत्याका लागि प्रेमीलाई रातको दश बजे मीनाले ढोका खोलिदिएपछि…



Spread the love

७ जेठ, विराटनगर – विराटनगरका ३३ बर्षिय औषधी व्यावसायी देवी दुलालले सोचेका पनि थिएन होला की आफुले सबैभन्दा माया गर्ने श्रीमतीकै योजनामा आफु निर्ममतासाथ मारिन्छु भन्ने । तर अन्र्तजातिय बिबाह गरेर ८बर्षको छोरो समेत जन्माइसकेकी उनकी श्रीमती मीना श्रेष्ठ (दुलाल) ले ४ जेठ राती साढे दश बजे आफनो प्रेमीसँग मिलेर योजना अनुसार माया गर्ने श्रीमानको हत्या गराएरै छाडिन ।

औषधी व्यावसायी साथीहरुस कारोवारको कुरा गर्दै घरमै मदिरा भोज गरेर ओछयानमा सुतेका पतिलाई मार्न श्रीमती आफैले सवा दशबजे घरको ढोका खोलिदिएकी थिइन । त्यसछि रक्सीको नशाको निन्द्रमा परेका उनका पतिलाई प्र्रेमी ब्रम्हदेव साहले योजना अनुसार ओछयानमै घाँटी थिचे अनि उनका साथी सोनु साहले खुट्टा समाए ।

आकस्मात घटना भएपछि दुलालले छटपटाउदै प्रतिकार गरे । तर उनलाई टाउको , जीउ र खुट्टमा रडले प्रहार गरियो । प्रतिकारका क्रममा प्रेमी ब्रम्हदेवले घाँटी थिच्न प्रयोग गरेको डोरी चुँडियो तर निष्ठुरी श्रीमतीको मन पग्लिएन । पुन अर्को डोरी प्रयोग गरेर ब्रम्हदेवले घाँटी थिचेर हत्या गरिछाडे । घाउ र रगत नदेखियोस भनेर सबैले मिलेर दुलालको घाँटी र शरीरमा पाउडर छर्के ।
आफनै योजनामा आफनै कोठामा श्रीमानको हत्या गर्न सफल भएपछि श्रीमती मीनाले आइतबार बिहान ३ बजे घरधनी र औषधी व्यवसायी धनबहादुर काफलेलाई फोन गरेर दुलाल सिकिस्त भएको भन्दै फोन गरिन । सबैले हतारहतार अस्पताल चौकमा रहेको गोल्डेन अस्पताल उपचारकालागि लगे । तर दुलालको मृत्यू भैसकेको थियो । यसैले डाक्टरले पोष्टमार्टमकालागि कोशी अस्पताल लान सल्लाह दिए ।

घटनाको सूचना मोरङ प्रहरीमा पुग्यो । घटनाको प्रकृतिहेर्दा र उनीसँगै शनिवार साँझ घरमै मदिरा पार्टी खाएका औषधी व्यवसायी साथीहरुसँग बुझदा दुलालको मृत्यु हैन हत्या भएको भन्ने निष्कर्षमा प्रहरी पुग्यो । किनभने मृतक दुलालको घाँटीमा गहिरो निलडाम थियो भने निधार र खुट्टा र शरिरमा गहिरो चोट थियो । शनिवार मदिरा पार्टी खाने औषधी व्यवसायी साथीहरु हरिमोहन श्रेष्ठ र धनबहादुर काफलेपनि साँझ ९ बजे नै बाहिरिएका थिए । घरमा दुलाल र उनकी श्रीमती बाहेक कोही थिएन । तर श्रीमान दुलाल आफै सुतेको ओछयानमा रक्ताम्मे अवस्थामा मृत फेला परेका थिए ।

मोरङका एसपी विश्व अधिकारीका अनुसार घटना विश्लेषणबाट हत्याको निष्कर्ष आएपछि प्रहरीले श्रीमती मीनालाई नियन्त्रणमा लिएर शनिवार रातभरि केरकार गरयो । केही बेरमै उनले आफुले सिरहा लहान नगरपालिका १० पडहरिया टोल घरभै विराटनगर ४ स्थित बुढाथोकी फार्मेसीमा बिक्रेताको काम गर्ने २१ ब्र्षिय प्रेमी ब्रम्हदेव साह र उनका साथी ईटहरी उपमहानगर १२ बस्ने २० बर्षिय सोनु साहसँग मिलेर आफनै श्रीमानको आफनै अगाडी हत्या गराएको रहस्य खोलिन ।

प्रदेश नं १ प्रहरी कार्यालय र मोरङ प्रहरीको बिशेष अनुसन्धान टोलीले रातभरिमा मोवाइल टे«स गरेर दुबैलाई पक्राउ गरयो । र बयानका क्रममा दुबैले आफनो अपराध स्विकार गरे । उनीहरुका अनुसार मीनाको श्रीमानलाई हत्या गर्ने योजना उनीहरुले तीन महिना पहिलादेखी नै बनाएका थिए । तर मौका जुरेको थिएन । शनिवार व्यावसायी साथीहरुसँग रक्सी धेरै खाएर सुतेपछि उनीहरुकालागि अवसर जुरेको थियो । नौ बजे रक्सी खाएर दुई जना साथीहरु बाहिरिएपछि विराटनगर १० मधुमारामा औषधीको थोक व्यपार गर्दै आएका व्यपारी दुलाल साढे ९ बजेतिर सुतेका थिए ।

औषधी व्यवसायी मृतक देवी दुलाल
श्रीमान निदाएको थाहा पाएपछि श्रीमती मीनाले प्रेमी ब्रम्हदेवलाई फोन गरेर घरको ढोका खोलिदिएकी थिइन । ब्रम्हदेवले पनि योजना अनुसार आफनो साथीलाई लिएर मीनाको घर पुगेका थिए ।

घरपरिवारसँग बिद्रोह गरेर पाँचथर माइती भएकी मीन श्रेष्ठसँग प्रेम बिबाह गरेका सुनसरी ईटहरी उपमहानगर १२ खनार स्थायी घर भएका देवी दुलालले मधुमारामा सिँगै घर भाडामा लिएका थिए । त्यही उनले औषधीको देवीपाथीभरा फार्मेसी नामको थोक पसल सञ्चालन गर्दै आएका थिए । आफन्तहरुका अनुसार दुलाल आफनी पत्नीलाई औधी माया गर्थे । सबैका अगाडी गुण र स्वभावको बखान गर्थे । तर अन्तत ८ बर्षको छोरो भैसकेपछि पनि उनी आफनै श्रीमतीबाट मारिए । उनको समाजमा धनी र नामी बनेर श्रीमती र छोराछोरीलाई सुख दिने सपना खरानी भयो । अनि उनकी श्रीमती क्षणिक सन्तुष्टिको आवेगले गर्दा जिवभरि कंलकित अपराधिन बन्न पुगिन ।

उता केही महिना अघि मात्र समाजिक बिवाह गरेका प्रेमी ब्रम्हदेवले आफनै निर्दोष पत्नीलाई पनि एकल बनाए । र , साथीको बिहेको पार्टी खान लोभिएका साथी सोुन साह पनि कर्तव्य ज्यान मुद्दाका कसुरदार भए । मोरङ प्रहरीले उनीहरु सबैलाई जधन्य अपराध अन्र्तगत कर्तव्य ज्यान अपराधमा जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । अदालतले अपराध ठहर गरेमा तीनै जनाको जीवनभरि बाँचुन्जेल सम्म समाजसँग सम्पर्क बिच्छेद हुनेछ ।-

यो समाचार जनआस्था पत्रिकामा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्