Logo

भारतीय सुन्दरी मानुषी चिल्लरले जितिन् ‘मिस वर्ल्ड २०१७’को उपाधि



Spread the love

चीनको सान्यामा भर्खरै सम्पन्न भएको ‘विश्व सुन्दरी २०१७’को ताज भारतीय सुन्दरी मनुसी चिल्लरले हात पारेकी छन् । उनले बिश्वका १ सय १८ सुन्दरीलाई पछि पार्दै ‘मिस वल्र्ड २०१७’को ताज हात पारेकी हुन् । ६७ औं मिस वल्र्डको उपाधि मानुषीले जित्दै गर्दा फस्ट रनरअपको उपाधि भने मेक्सिकोकी सुन्दरी एन्ड्रेया मेजाले जितिन् । यस्तै, सेकेन्ड रनरअपको उपाधि वेलायतकी स्टेफेनिया हिलले जितन् ।त्यस्तै मिस नेपाल नीकिता चाण्डक टप ४० सम्ममात्रै पुग्न सफल भइन् । यो स्थान उनले आफ्नो समूहको हेड टु हेड च्यालेन्ज जितेर पाएकी थिइन् । मिस नेपाल डान्सेज अफ दि वर्ल्डमा भने नेपाली पहिरनमा नाच्दै देखा परिन् ।

अन्तिम पाँचमा मनुसीसहित केन्या, फ्रान्स, इंग्ल्यान्ड र मेक्सिकोका सुन्दरीबीचको प्रतिस्पर्धामा भारतकी मन्नुसी चिल्लरले ताज पहिरिन सफल भएकी हुन् ।मल्टिमिडिया च्यालेन्जको विजेता मिस मंगोलिया भइन् । त्यसैगरी ब्युटी विद् अ पर्पोजमा पनि छाउपडी प्रथाविरोधी नीकिताको अभियान टप फाइभमा पर्न सकेन ।

विश्वका १ सय १८ सुन्दरीले भाग लिएको यो प्रतिस्पर्धाको शीर्ष १० स्थानमा भारत, इन्डोनेसिया, रुस, इंग्ल्यान्ड, दक्षिण कोरिया, जमैका, मेक्सिको, दक्षिण अफ्रिका, केन्या र फ्रान्सका प्रतियोगीहरू प्रवेश गरेका थिए ।

भारतले १७ वर्षपछि मिस वर्ल्डको उपाधि जितेको हो । यस अघि  नायिका ऐश्वर्य राय र प्रियंका चोपडाले यो उपाधि जितेका थिए ।२० वर्षीया मानुसी भारत हरियाणाकी हुन् । उनी मेडिकलकी विद्यार्थी हुन्।

 

प्रतिक्रिया दिनुहोस्