Logo

कालिकोट नेपाली कांग्रेसका नेता टेकराज शाहीद्वारा राहत बितरण



Spread the love

७ जेठ, कपन, काठमाडौँ । विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरस(कोभिड १९)को प्रबाब अहिले नेपालमा पनि परेको छ ।

नेपालमा पनि कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउनको घोषणा गरिएको छ भने लकडाउनलाई कडाईका साथ कार्यन्वयन गरी रहेको बेला कालिकोटका नेपाली काँग्रेसका युवा तथा प्रभाव शाली नेता टेकराज शाहीद्वारा काठमाडौँ अध्यानर कर्णालीका विद्यार्थीलाई राहत वितरण गरेका छन् ।

शाहीले कर्णालीका विद्यार्थीलाई कोठा भाडा बस्दै आएका लकडाउन कारण भोकै र समस्यामा परेका विद्यार्थीलाई काठमाडौँ सुकेधारा, कपनमा राहत वितरण गरेका छन् । राहत वितरण बिहान ११ बजे देखि सुरु गरिएको छ । शाहीले ५० विद्यार्थीलाई राहत प्रदान गरी सकेको बताएका छन् ।

शाहीले काठमाडौँको विभिन्न ठाउँ राहत वितरण गर्दै आएका छन् अहिले बुढानीलकण्ठ नगरपालिकामा गर्दै छन् । उनले राहत बापत प्रत्येकलाई १ बोरा चामल, ५ के.जी दाल, ४ लिटर तेल, २ पाकेट नुन लगायतका खाद्यान्न सामग्री वितरण गरेका छन् ।

यस सल्लेरी खबरको मध्यमबाट कर्णालीका विद्यार्थीहरु काठमाडौँ जुनसुकै ठाउँमा बस्नु भएको कुनै पनि विद्याथीहरु अप्ठ्यारो, समस्या र भोकै बस्नु परेको छ भने शाहीले आफूलाई सम्झिनु बताएका छन् ।

कर्णालीबाट अध्यनको लागि काठमाडौँ बस्ती आएका सम्पूर्ण विद्यार्थीहरुलाई आफूले राहत वितरण गर्ने र कसैलाई भोकै बस्नु पर्दैन शाहीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्