Logo

फर्हान अख्तद्धारा मुम्बइको अस्पताललाई पीपीई सहयोग



Spread the love


एजेन्सी । बलिउडका कलाकार तथा निर्देशकले मुम्बइको कामा अस्पताललाई पीपीई सहयोग गरेका छन् ।

फर्हानले ट्वीट गर्दै पीपीई सहयोग गरेको जानकारी दिएका छन् ।

फर्हानले ट्वीटमा गर्दै लेखेका छन्, “कामा अस्पताल, मुम्बइलाई पीपीई वितरण गर्न पाउँदा खुशी लागेको छ । योगदान गर्ने सम्पूर्णमा धेरै धेरै माया र सम्मान ।”

अघिल्लो साता फर्हानले १००० पीपीई वितरण गर्ने घोषणा गरेका थिए ।

बलिउडमा सलमान खान, शाहरुख खान, अक्षय कुमार लगायतका कलाकारहरुले कोरोना विरुद्धको लडाइँमा सहयोग गरिसकेका छन् ।

फर्हान अख्तरले सन् २००१ मा रिलिज भएको दिल चाहता है चलचित्रबाट बलिउडमा निर्देशकको रुपमा नाम लेखाएका थिए । कलाकारको रुपमा भने उनी सन् २००८ मा रिलिज भएको चलचित्र रक अनबाट देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्