Logo

अतिक्रमित भू–भाग फिर्ता गर्न मोदीलाई रगतले लेखिएको पत्र



Spread the love

८ जेठ, काठमाडाैँ – अतिक्रमित भू–भाग फिर्ता गर्नभन्दै अनरोस्ववियू इलाममा आबद्ध विद्यार्थीले आफ्नै रगतले लेखिएको पत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएका छन् ।

अनेरास्ववियू इलामका अध्यक्ष प्रवेश पराजुलीले जानकारी दिए अनुसार लिपुलेक, लिम्पियाधुरा, सुस्ता, महेशपुर, सन्दकपुर, पशुपतिनगर लगायतका भूभागमा भारतले अतिक्रमण गरेकोमा आपत्ति जनाउँदै अतिक्रमित भूभाग फिर्ता गर्न रगतले लेखिएको पत्र इमेल मार्फत पठाएको ।

कोरोना भाइरसका कारण सक्कल पत्र पठाउन सम्भव नभएपछि फोटोकपी इमेल मार्फत पठाइएको हो।

मोदीलाई पठाइएको उक्त पत्र भारतीय दुतावास, भारतको परराष्ट्र मन्त्रालय एवम् कुटनीतिक नियोगहरुमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्