Logo

१७ जना कोरोना संक्रमित थपिए, जम्मा संख्या ४४४



Spread the love

८ जेठ, काठमाडाैँ – नेपालमा थप १७ जनामा कोरोना भाइसर संक्रमणको पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार १७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

थपिएका नयाँ संक्रमितहरू सबै प्रदेश एकका रहेका छन् पछिल्लो अपडेट अनुसार झापाका १५ जना, धनकुटाका १ जना तथा सुनसरीका एक जना रहेका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । जसमा २ जनाको मृत्यु हुँदा ४४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्