Logo

अमेरीकामा कोरोनाबाट मृत्यु हुने संख्या फेरी बढ्यो,झन प्रतिदिन उच्च



Spread the love

८ जेठ , एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता १ हजार ४ सय ५२ जनाको मृत्यु भएको छ भने २१ हजार नयाँ संक्रमित भएका छन् । हिजोको तुलनमा आज मृत्यु हुनेको यो संख्या ६ सयले बढेको छ । विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको छ ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र ९४ हजार ९ सय ४६ जना मृत्यु भएको छ भने १५ लाख ९१ हजार संक्रमित भएका छन् । ३ लाख ७० हजार उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्