Logo

फिकुरी डाँडामा साइकल यात्रा (फोटो फिचर)



Spread the love

फिकुरी डाँडा हिमालको दर्शन गर्नको लागि निकै उपयुक्त मानिन्छ । फिकुरी डाँडा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका–२ मा पर्दछ । फिकुरीबाट लाङटाङ, गणेश, मनास्लु र अन्नपूर्ण हिमाल लगायतका अन्य हिमालहरु छर्लङ्ग देख्न सकिन्छ ।

धार्मिक हिसाबले पनि फिकुरी एकदमै महत्वको ठाउँ रहेको त्यहाँका बुढापाकाहरुले बताउँछन् । फिकुरी डाँडामा बौद्धमार्गीको माने र हिन्दुको महादेव मन्दिर रहेको छ । फिकुरीको दर्शन गरेपछि मनोकामना पुरा हुने त्यहाँका स्थानीय बासिन्दाहरुले बताउँछन् । फिकुरी डाँडामा जनैपूर्णिमाको दिनमा ठुलो मेला लाग्दछ ।

क्यामेराम्यान तथा साइकलयात्री भाष्कर बस्नेतले फिकुरीकाे डाँडामा खिचेका तस्वीरहरू

प्रतिक्रिया दिनुहोस्