Logo

सरकारको भारतलाई चिढ्याउने नीति ठीक होइन : डा. बाबुराम भट्टराई



Spread the love

९ जेठ, काठमाडाैँ – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोरोनापछिको नेपालको अर्थतन्त्र सुधार्न भारतसँग सम्बन्ध सुमधुर बनाउनुपर्ने बताएका छन्।

नेपाल उद्योग परिसंघको आयोजनामा भएको छलफल कार्यक्रममा पूर्वअर्थमन्त्री समेत रहेका भट्टराईले नेपालले भारतसँगको सम्बन्ध राम्रो बनाए लगानीसमेत भित्रन सक्ने बताए।

उनले नेपालले भारतलाई चिढ्याउन खोजेको र सरकारको सो नीति ठीक नभएको पनि बताएका छन्। भारत इकोनोमी पावर हाउस बन्दै गएकोले अब सरकारले चूनौती वा अवसर केको रुपमा सोच्ने हो त्यो सोचिहाल्नुपर्ने उनको तर्क छ ।

अहिले नेपालको समस्याको समाधान साँघुरो र संकीर्ण चिन्ताले तत्काल खोज्न नसकिने भट्टराईले बताए।

प्रतिक्रिया दिनुहोस्