Logo

२४ घण्टा बितिसक्दा पनि कोरोना सङ्क्रमित शिक्षकको शव उठ्न सकेन !



Spread the love

९ जेठ, गुल्मी। गुल्मीको मदाने गाउँपालिका ६ का कोरोना सङ्क्रमित ४१ वर्षीय पुरुषको शव २४ घण्टा बितिसक्दा पनि उठ्न सकेको छैन ।

अस्पतालको लापरबाहीले शिक्षकको मृत्यु भएको भन्दै आफन्तले २४ घण्टासम्म पनि शव बुझ्न मानेका छैनन् । आफन्तले अस्पतालले सार्वजनिक रूपमा क्षमा याचना गर्नु पर्ने , स्वतन्त्र छानबिन समिति गठन गरी सत्य तथ्य बाहिर निकाल्ने ,अस्पतालले गल्ती स्वीकार गर्नु पर्नै माग राख्दै शव उठाउन नमानेको गुल्मीको मदाने गाउँपालिकाका सूचना अधिकारी ऋषि पोख्रेलले जानकारी दिएका छन्।

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा बिहिबार उनको निधन भएको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्