Logo

कपिलवस्तुका दुई जना पत्रकार पनि संक्रमित



Spread the love

९ बैशाख, बुटवल । कोरोना संक्रमण बढिरहेको कपिलवस्तुमा दुई जना पत्रकार पनि संक्रमित भएका छन् । शुक्रबार भेटिएका नौ जना मध्ये दुइ जना स्थानीय पत्रकार पनि रहेको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

उनीहरु २४ र २९ बर्षका हुन् । कपिलबस्तुमा अहिलेसम्म ६९ जनामा कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस्