Logo

गर्मी मौसममा घरलाई यसरी खुल्ला राखौ !



Spread the love

गर्मीले मानिसको सोच्ने शक्तिमा ह्रास ल्याउँछ। गर्मीको राप बढ्दै जाँदा घरभित्र बस्न पनि गार्हो हुन्छ । त्यसैले घरलाई यसरी खुल्ला राखौ :
– खासै प्रयोगमा नआउने सामग्रीहरू जस्तो हामी पुराना फर्निचर वा सिरक-डसना, टेबल, र्‍याक आदि राखिरहेका हुन्छौं । यस्ता सरसामान तुरुन्तै हटाउनुपर्छ ।
– ताजा हावा आउजाउ गर्ने झ्याल राख्नुपर्छ । घरभित्र ताजा हावा आउने ठाउँहरू सुरक्षित ढंगले खुला राख्नुपर्छ ।
– झ्याल ढोकाको पर्दा, बेडकभर आदिले पनि गर्मी याममा घरलाई भद्दा देखाइरहेको हुन्छ । त्यसैले गर्मी याममा झ्याल ढोकोको पर्दा, बेडकभर आदि परिवर्तन गर्नुपर्छ ।
– घरलाई आकर्षक देखाउनका साथै गर्मीमा शीतलता महसुस गराउने वनस्पतिहरू सुहाउँदो ढंगले राख्न सकिन्छ ।
– टेलिभिजन, कम्प्युटरलगायत अनावश्यक रुपमा प्रयोग गर्नाले घरभित्र गर्मी बढाइरहेको हुन्छ ।
घर बाहिर उम्रेका झारलाई उखेलेर पानी जम्ने खाल्डो वा घरभित्रका फोहोरलाई खाल्डो खनेर पुर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्