Logo

कालापानी नेपालको हो : भारतीय वरिष्ठ पत्रकार



Spread the love

९ जेठ, काठमाडाैँ – भारतीय वरिष्ठ पत्रकारले कालापानी नेपालकै क्षेत्र भएको बताएका छन् । नेपालले नयाँ नक्सा जारी गरेसँगै सो क्षेत्रको बारेमा चर्किएको विवादमा नेपालको पक्ष लिँदै कालापानी नेपालकै भएको बताएका हुन् ।

भारतीय पत्रकार आनन्द स्वरुप बर्माले भारतीय चर्चित टेलिभिजन आजतक अन्तर्गतको रेडियोसँग शुक्रबार भएको वार्ताका क्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूभाग रहेको मत व्यक्त गरेका छन् ।

पत्रकार बर्माले कालापानी क्षेत्र भारतले सन् १९६२ मा चीनसँग युद्ध हुँदा नेपालका तत्कालीन राजा महेन्द्रसँग अनुरोध गरेर भारतले केही समयका लागि सेना राख्नका लागि पाएको थियो । केही समयका लागि पाएको भूभागमा भारतले स्थायी कब्जा जमाउन खोज्दा यो विवादको स्थितिसिर्जना भएको पनि उनले बताएका छन् ।

पत्रकार बर्माले वर्तमान परिस्थिति दुबै देशको संयुक्त वार्ताका माध्यमबाट समाधान हुनसक्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्