Logo

पत्रकार महासंघ गुल्मीले पत्रकारका लागि कोरोना कोष स्थापना गर्ने



Spread the love
मास्क तथा स्यानिटाईजर ग्रहण गर्दै सल्लेरी खबरकर्मी ।

९ जेठ, गुल्मी – पत्रकार महासंघ गुल्मीले डेढ लाखको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गर्ने निर्णय गरेको छ । पत्रकार महासंघ जिल्ला कार्य समितिको बैठकले पछिल्लो समय पत्रकार तथा सञ्चारकर्मीहरुमा पनि कोरोना संक्रमण देखिएकाले कोषको स्थापना र महासंघकै अतिथी गृहलाई आइसोलेशन हाउस बनाउने निर्णय गरिएको पत्रकार महासंघ गुल्मी शाखाका अध्यक्ष नवराज भुसालले बताए । 

त्यस्तै पत्रकार महासंघ केन्द्रिय कार्यालयलाई जिल्ला शाखाका सदस्यहरुको सदस्यता नविकरण छुट दिन माग गरेको छ । यो संकटको बेला पत्रकार कार्यरत सञ्चारगृह आफै समस्या परेको र पत्रकारको आर्थिक अवस्था संकटमा परेकाले सकेसम्म सवै शुल्क नभए वा बिशेष छुट प्रदान गर्न बैठकले आग्रह गरेको छ । 

यसैबिच पत्रकार महासंघ गुल्मीले जिल्लामा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मी र सञ्चारगृहलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । सवै पत्रकारलाई २० थान माक्स र दुई मिलिलिटर सेनिटाइजर तथा सञ्चार गृहलाई एक सय थान माक्स र एक लिटर सेनिटाइजर वितरण गरिएको पत्रकार महासंघका उपाध्यक्ष अनिल खत्रीले जानकारी दिए । 

पत्रकार महासंघलाई नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल, एकिकृत ग्रामीण विकास समाज, स्वास्थ्य कार्यालय, धुर्कोट गाउँपालिका, गुल्मी उद्योग वाणिज्य संघ र महेश फर्माले माक्स तथा सेनिटाइजर सहयोग गरेका थिए । महासंघका अध्यक्ष भुसालले सहयोग गर्ने विभिन्न संघसंस्थालाई आभार प्रकट गर्दै आगामी दिनमा थप समन्वय आवश्यक रहेको बताए ।

पत्रकार महासंघको बैठकले जिल्लाका सञ्चारगृहमा कार्यरत सञ्चारकर्मीले कोरोना संक्रमणको बेला नियमित पारिश्रमिक पाए नपाएको, अरु मिडियामा काम गर्ने श्रमजिवी पत्रकारहरुको अवस्थाको बारेमा अनुगमन गर्ने भएको छ । जसको लागि पत्रकार महासंघ जिल्ला कार्यसमिति सदस्य छवि पाण्डेयको संयोजकत्वमा महासंघको पुर्व अध्यक्ष जर्नादन घिमिरे, अनिल खत्री र तिलाचन पाण्डेय सदस्य रहेको समिति गठन गरेको छ । 

समितिले सञ्चारगृहका कार्यरत कर्मचारीको अवस्था अनुगमन गरेपछि पारिश्रमिक दिन दवाव दिने पत्रकार महासंघका सचिव टोपलाल अर्यालले जानकारी दिए । उनले बैठकले लकडाउनको अवस्था बढ्दै गएकाले पत्रकार राहत प्याकेज बनाउन स्थानीय तह र विभिन्न संघसंस्थासंग आवश्यक आर्थिक सहयोगको लागि समन्य गर्न समिति गठन गरिएको बताए ।

बैठकले कार्यसमिति सदस्य रेशम कुवँर संयोजक, केन्द्रिय पार्षद प्रेम सुनार र पत्रकार महासंघका सचिव टोपलाल अर्याललाई समन्वय गर्ने जिम्मेवारी प्रदान गरेको छ

प्रतिक्रिया दिनुहोस्