Logo

१० करोडभन्दा बढी भ्रष्टाचार गरे १४ वर्ष कैद सजाय गर्ने सहमति



Spread the love

९ जेठ, काठमाडाैँ – भ्रष्टाचारमा संलग्न हुने व्यक्तिलाई अधिकतम १४ वर्ष कैद सजाय हुने भएको छ ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले भ्रष्टाचारमा संलग्न हुने व्यक्तिलाई अधिकतम १४ वर्ष कैद सजाय गर्ने सहमति जुटाएसँगै भ्रष्टाचारमा संलग्न हुने व्यक्तिलाई सो सजाय हुने भएको हो ।

समितिले १० करोडभन्दा माथि भ्रष्टाचार गरे १४ वर्ष सजाय हुने सहमति समेत गरेको छ । यो पहिले जति धेरै रकम भ्रष्टाचार गरेपनि १० वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको थियो ।

कति रकम भ्रष्टाचार गरे कति कैद सजाय ?

शुक्रबार बसेको समितिले भ्रष्टाचारका सम्बन्धमा गरेका निर्णयहरू

१ करोडदेखि १० करोड रुपैयाँसम्म भ्रष्टाचार गरेमा ८ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुनेछ ।

५० लाखदेखि १ करोड रुपैयाँसम्म भ्रष्टाचार गरेकालाई ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय ।

२५ लाखदेखि ५० लाख रुपैयाँसम्म भ्रष्टाचार गर्नेलाई ४ वर्षदेखि ६ वर्षसम्म कैद सजाय ।

५ लाखदेखि २५ लाख रुपैयाँसम्म भ्रष्टाचार गर्नेलाई २ देखि ४ वर्षसम्म कैद सजाय ।

१ लाखदेखि ५ लाख रुपैयाँसम्म भ्रष्टाचार गर्नेलाई १ देखि २ वर्षसम्म कैद सजाय ।

५० हजारदेखि १ लाखसम्म भ्रष्टाचार गर्नेलाई ६ महिनादेखि १ वर्षसम्म कैद सजाय ।

५० हजार रुपैयाँसम्म भ्रष्टाचार गरेमा १ महिनादेखि ६ महिनासम्म कैद सजाय ।

यो सजाय राष्ट्र सेवक कर्मचारी तथा राष्ट्र सेवक हुन लागेको व्यक्तिलाई हुने विधेयकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्