Logo

राहतको विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीच कुटाकुट हुँदा डेढ दर्जन घाइते



Spread the love

१० जेठ, सिरहा – सिरहाको नरहा गाउँपालिका-१ देवीपुरमा कोरोना प्रभावितहरुलाई राहत वितरण गर्ने विषयमा विवाद हुँदा शुक्रबार वडा कार्यालयमै कुटाकुट भएको छ। त्यस कुटाकुटमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली कांग्रेसका डेढ दर्जन बढी घाइते भएका छन्। उनीहरुको उपचारको लागि जिल्ला अस्पताल सिरहा पठाइएको छ।

नेकपाका स्थानीय नेता कार्यकर्ताहरु दुखी चौधरी, चुमन चौधरी, शिवकुमार चौधरी, अजय चौधरी, गुणे चौधरी र कुलदेव चौधरी घाइते भएका छन्। त्यस्तै कांग्रेसका रामजीवन राय, रामचन्द्र यादव, अधिकलाल यादव, रामऔतार मण्डल, फौदार मण्डल, संजय यादव, राजीव मण्डल, नन्दु मण्डललगायत घाइते भएका छन्। उनीहरुलाई ढुंगा र लाठी प्रहारबाट शरिरको विभिन्न भागमा चोटपटक र टाउको फुटेको छ।

घाइतेमध्ये उर्मिला कामति, रामचन्द्र र रामजीवन रायलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको जिल्ला अस्पतालले जनाएको छ। दुई हप्ताअगाडी वडा कार्यलयबाट कोरोना प्रभावितहरुलाई राहत वितरण गरिएको थियो। त्यसमा केही व्यक्ति छुटेको भन्दै कांग्रेस र जनता समाजवादी पार्टीका स्थानीय नेता कार्यकर्ताहरुले वडाअध्यक्ष अशोक साहसँग उनको घरमै पुगेर गुनासो गरेका थिए।

यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्