Logo

मजदुरहरुका लागि भगवान बने सोनु सुद



Spread the love

एजेन्सी । गएको केही दिनयताबाट बलिउडमा कलाकार सोनु सोद लकडाउनको कारण फंसेका मजदुरलाई घर पुर्याउन हरसम्भव मद्यत गरिरहेका छन् । यति मात्र नभई उनले खानपिनको पनि व्यवस्था गरिरहेका छन् ।

फिल्ममा खलनायककाे भूमिकामा देखिने सुद लकडाउनमा भगवान सरह भएका छन् । सामाजिक सञ्जाल उनको तारिफले भरिएको छ । मानिसहरुले उनलाई लकडाउनको हिरो भन्दै संज्ञा दिएको छ । केही दिन अगाडि पीटीआईलाई दिएको अन्तरवार्तामा उनले मजदुरको दुख देख्न नसकेको बताउँदै उनीहरुलाई घर पुर्याउने कोसिस गर्ने जनाएका थिए ।

लकडाउन सुरु भएपछि हजारौँ मजदुरहरु भारतका विभिन्न देशमा फंसेका थिए । रेल लगायतका यातायात सेवा बन्द भएपछि धेरै मजदुरहरु आफ्नो घरमा पैदल हिँड्न बाध्य भएका थिए ।
यस्तो संकटको घडीमा सोनु सुदले मजदुरको लागि प्रदेश सरकारसँग खास अनुमति लिएर घर पुर्याउने व्यवस्था गरिहेका छन् ।

प्रतिक्रिया दिनुहोस्