Logo

ला लिगा जुन ८ बाट सुरू हुने



Spread the love

१० जेठ, एजेन्सी – कोरोना भाइरसका कारण मार्चदेखि स्थगित भएको ला लिगा जुन ८ बाट पुनः फर्किने भएको छ । स्पेनको सरकारले फुटबल पुनः सुचारू गर्न सहमति जनाएपछि जून ८ बाट लालिगा सुरु हुने भएको छ हो ।

स्पेनिस प्रधानमन्त्री पेद्रो सान्चेजले राष्ट्रलाई सम्बोधन गर्दै धेरै दैनिक गतिविधिहरू फेरि सुरु गर्न अनुमति दिइने फुटबललाई फेरि खेल्ने अनुमति दिने बताएका छन् ।

प्रधानमन्त्री पेद्रोले भने, “स्पेनले के गर्नुपर्थ्यो गरिसक्यो, अब धेरै दैनिक कार्यहरू पुरानै शैलीमा फर्किनेछन् ।”

ला लिगाका अध्यक्ष जाभियर टेभासले ट्वीट गर्दै फुटबल पुनः फर्किने कुराले खुशी भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्