Logo

कोरोना सतर्कता : एउटै वडामा ५० भन्दा बढी स्वयंसेवक परिचालन



Spread the love

१० जेठ, गुल्मी – छिमेकी स्थानीय तह मदाने गाउँपालिका ४१ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट निधन भएसँगै सोही गाउँपालिकासंग जोडिएको मालिका गाउँपालिकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि विभिन्न कार्यहरू अगाडि बढाएको छ ।

मदाने गाउँपालिकासँग जोडिएको वडा नम्बर ८ लाई सिल गरिएको छ । त्यस्तै
अहिले मालिका गाउँपालिकाले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरु समेत नियुक्त गरेको छ । सबै भन्दा बढी चाप रहेको वडा नम्बर आठको मर्भुङ्ग सिमलटारी स्वास्थ्य चौकीमा अस्थायी रुपमा २ जना स्वास्थ्यकर्मी नियुक्त गरिएको त्यस स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सुशील अर्यालले सल्लेरी खबरलाई बताए ।


त्यस्तै क्वारेन्टाइन व्यस्थित बनाउन र सुरक्षाको निम्ति ३ जना भुतपुर्व सुरक्षाकर्मीलाई सुरक्षा गार्डको रूपमा नियुक्त गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले सल्लेरी खबरलाई जानकारी दिए ।


त्यस्तै मदाने गाउँपालिकासँग प्रत्यक्ष जोडिएको मालिका गाउँपालिकाको वडा नम्बर आठमा ५० जना स्वयंसेवक परिचालन गरिएको छ । साविकका ९ वडा र बजार क्षेत्रलाई एउटा वडा मानेर प्रत्येक वडामा पाँच पाँच जनाको दरले ५० जना स्वयंसेवक परिचालन गरिएको वडा अध्यक्ष टीका जिसिले सल्लेरी खबरलाई बताए ।


अहिले मालिका गाउँपालिका भित्र भारत तथा नेपालका विभिन्न जिल्लाबाट भित्रीएका ३९ जना नागरिक क्वारेन्टाइनमा बसेको गाउँपालिका प्रवक्ता शोभाखर गिरिले जानकारी दिएका छन ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्