Logo

७ जना कोरोना संक्रमित थपिए, जम्मा संख्या ५९१



Spread the love

१० जेठ, गुल्मी – नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार साँझ नेपालमा ७ जना कोरोना संक्रमित थपिएका हुन् ।

शनिबार साँझ थपिएका संक्रमितहरू रूपन्देहीका ३ जना, कपिलवस्तुका ३ जना र गुल्मी जिल्लाको मदाने गाउँपालिकाका १ जना रहेका छन् ।

गुल्मीका एक जना भने यसअघि कोरोना संक्रमणकै कारण मृत्यु भएका शिक्षकको घरमा कोठा भाडा लिएर बस्दै आएको गाउँपालिकाका सुचना अधिकारी ऋषि पोख्रेलले बताए ।

योसँगै नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुगेको छ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्