Logo

एउटै गाउँपालिकामा ११३ जना कोरोना सङ्क्रमित



Spread the love

१० जेठ, बाँके – नेपालमै कोरोनाको खतरा क्षेत्र बन्न पुगेको बाँकेको नरैनापुर गाउँपालिकामा एक जनाको ज्यान जानुका साथै १ सय १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । शनिवार मात्रै २७ जना सङ्क्रमित थपिएका छन् ।

भेरी अस्पताल, नेपालगन्जमा चाप बढेपछि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा पठाइएको नमुनाको परीक्षणमा बाँकेको नरैनापुरका २७ जनामा शनिवार कोरोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नरैनापुरको मदरसा क्वारेन्टिनमा रहेका ६, नरैनापुर–३ को नेरा प्रावि क्वारेन्टिनमा बसेका १५ र नरैनापुर–१ को नेरा प्रावि क्वारेन्टिनमा बसेका ६ गरी २७ जनामा शनिवार कोरोना पुष्टि भएको छ । यससहित नरैनापुरमा मात्रै ११३ जनामा कोरोना देखिएको छ । त्यहाँ एक जनाको मृत्यु भएको छ ।

नेपालगन्जदेखि करिब ३५ किलोमिटर दक्षिण पूर्व राप्तीपारि भारतीय सीमासँग जोडिएको नरैनापुरमा पहिलो पटक भारतबाट आएका आठ जनामा यही जेठ २ गते कोरोना सङ्क्रमण देखिएको नरैनापुरमा एक हप्ताभित्र एक जनाको ज्यान जाने गरी सङ्क्रमितको सङ्ख्या ८७ पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस्