Logo

जर्मन बुन्डेसलिगा: बायर्न म्युनिख शीर्षस्थानमा कायमै



Spread the love

एजेन्सी। जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा बायर्नले फ्रान्कफर्टमाथि ५–२ को फराकिलो जित निकालेको हो ।

बायर्नको जितमा लियोन गोरेट्जका, थोमस मुलर, रोवर्ट लेवान्डोस्की र अलफन्सो डाभिसले गोल गर्दा एक गोल उपहार पाएको थियो । मार्टिन हिन्टटेरिगरले आत्मघाती गोल गरेका थिए । फ्रान्कफर्टका लागि दुवै गोल मार्टिन हिन्टटेरिगरले नै गरेका थिए ।

जितसँगै बायर्न म्युनिखले तालिकामा फेरि ४ अंकको अग्रता लिन सफल भएको छ । म्युनिखको ६१ अंक भएको छ भने दोस्रो स्थानमा रहेकाे बाेरसिया डर्टमण्डको ५७ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्