Logo

फिल्म अभिनेता किरण कुमार कोरोना संक्रमित



Spread the love


एजेन्सी । बलिउडका अभिनेता किरण कुमार कोरोनाबाट संक्रमित भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिले उनी आफ्नै घरमा क्वारेन्टाइनमा बसेका छन् । किरणले आफूमा संक्रमणको लक्षण नदेखिएको बताएका छन् ।

किरण कुमार १४ मेमा चेकजाँचको लागि अस्पताल गएका थिए । जाँच गर्दा पोजेटिभ पाइएको उनले जनाएका छन् ।

७४ वर्षीय किरणले ६० को दशकले चलचित्रमा देखिन थालेका हुन् । उनले ५५० भन्दा बढी हिन्दी चलचित्रमा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्