Logo

आफ्नो राष्ट्रियताको सम्मानमा म अलिकति पनि चुकेकी छैन– नायिका वर्षा राउत



Spread the love

काठमाडौं । नायिका वर्षा राउतले आफ्नो राष्ट्रियताको नाममा आफू अलिकति पनि नचुकेको बताएकी छिन् ।

नायिका राउतले नेपाल र भारतीचको सीमा विवादका कारण भारतीय साथीहरुलाई अनुहार देखाउन गाह्रो भएको भिडियो सार्वजनिक भएपछि उनलाई सामाजिक सञ्जालमा आलोचना गरिएको थियो । उनले सामाजिक सञ्जालमा आफूमाथि गरिएको गालीले भावनात्मक रुपमा ठेस पुगेको पनि बताएकी छिन् ।

वर्षा राउतले फेसबुकमा स्टाटस राख्दै भनेकी छिन्, “कलाकार हुँ, त्यसमाथि अलि भावुक स्वभावकी छु । त्यसैले सकेसम्म कुनै पनि प्रकारका विवादबाट टाढा रहन खोज्छु । तर हिजो एउटा अन्तरवार्तालाई लिएर जुन हो–हल्ला गरियो, त्यसले मलाइ भावनात्मक रुपमा ठेस परेको छ । बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन ।”

वर्षा राउतले हर नागरिकलाई आफ्नो मातृभूमिप्रति माया हुने औँल्याउँदै प्रत्यक्ष प्रसारणको दौरानमा गल्ती गरेकाे हुनाले माफी दिनको लागि आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्