Logo

शाहरुख खानको सिरिज बेतालले कथा चोरी गरेकाे आरोप



Spread the love


एजेन्सी । केही दिन अगाडि शाहरुख खानको बेताल सिरिजको ट्रेलर सार्वजनिक भएको थियो । प्रस्तुत सिरिजलाई लिएर निकै तारिफ पनि गरियो । तर, अहिले प्रस्तुत सिरिज विवादमा परेको छ । मराठी राइटर्स समीर वाडेकर र महेश गोसावीले फिल्म बेतालबाट कथा चोरेको आरोप लगाएका छन् ।

दुबै राइटर्सका अनुसार उनीहरुले आफ्नो स्क्रिप्ट स्क्रिन राइटर्स एसोसियसनमा पहिला नै दर्ता गरिसकेका छन् । यति मात्र नभइ उनीहरुले एसोसियसनमा कथा चोरी भएको केस दर्ता गरेका छन् ।

हालचालै मिडियासँग कुरा गर्दै उनीहरुले एक वर्ष अगाडि नै स्क्रिप्ट दर्ता गरेका थिए र दर्ता भएको केही दिनपछि सन् २०१९ को जुलाइमा बेतालको छायांकन सुरु भएको बताएका छन् ।
अहिले केसको उच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्