Logo

भारतमा जुलाइको सुरुवातसम्म ६ लाखदेखि २१ लाखसम्म संक्रमित हुन सक्ने



Spread the love


एजेन्सी । छिमेकी राष्ट्र भारत कोरोना महामारीबाट सबैभन्दा धेरै प्रभावित हुने देशको सूचिमा दोस्रो स्थानमा आएको छ । भारतमा अझ धेरै संक्रमण हुन सक्ने सम्भावना रहेको छ । भारतमा कोरोना भाइरसमा काम गरिरहेका शोधकर्ताका अनुसार जुलाइसम्म केही लाख संक्रमित बढ्न सक्छन् ।
जोन्स होप्किन्स यूनिभर्सिटीका अनुसार भारतमा कोरोना भाइरसबाट १ लाख ३८ ५३६ जना संक्रमण भइसकेका छन् ।

संक्रमणको मामिलामा अमेरिका शीर्ष स्थानमा रहेको छ । त्यसपछि ब्राजिल, रुस, बेलायत, स्पेन, इटाली, फ्रान्स, जर्मनी र टर्की रहेका छन् । ताजा आँकडा अनुसार भारतमा कोरोना भाइरसबाट ४,०२४ जनाले ज्यान गुमाइसकेका छन् ।

सरकारी आँकडाका अनुसार विश्वको दोस्रो सबैभन्दा ठुलो देशमा संक्रमितको संख्या हरेक तेह्र दिनमा दुई गुना बढी रहेको छ । यस्तो बेलामा सरकारले लकडाउन पनि खुकुलो पारिरहेको छ ।
महामारी रोग विशेषज्ञ प्रोफेसर भ्रमर मुखर्जीका अनुसार भारतमा संक्रमणको मामिला बढ्न अझै सुरु नभएको बताएका छन् । मुखर्जीको टिमले भारतमा जुलाइको सुरुवातसम्म ६ लाख ३० हजारदेखि २१ लाख मानिसहरु संक्रमित हुन सक्ने अनुमान गरेको छ ।

धेरैजसो सरकारी अस्पतालमा बेडको कमी छ । संक्रमित मानिसहरुलाई अस्पतालमा भर्ना गर्नको लागि उनका परिवारहरु विभिन्न ठाउँमा भड्किरहेका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयले संक्रमण बढ्न सक्ने अनुमानमा कुनै पनि प्रतिक्रिया दिएको छैन ।
सरकारले सबै बिरामीलाई अस्पतालमा भर्ना गर्नु जरुरी नभएको र अस्पतालमा बेडको संख्या थप्नको लागि तिव्र गतिमा काम भइरहेको बताएको छ ।

सरकारी आँकडा अनुसार भारतमा ७ लाख १४ हजार बेड रहेका छन् । भारतमा सन् २००९ सम्म भने जम्मा ५ लाख ४० हजार थियो ।

प्रतिक्रिया दिनुहोस्